अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको नयाँबजारमा गार्मेन्टमा आगलागी

काठमाडौंको नयाँबजारमा गार्मेन्टमा आगलागी


काठमाडौं – काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । के कारणले आगो लाग्यो भन्ने बारेमा अझै खुलिनसकेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र दमकलसहितको अग्नि नियन्त्रक टोली घटनास्थल पुगेको छ । सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क विकले २ बजेर १० मिनेट जाँदा आगो सुरू भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको तीन वटा, नेपाल आर्मीको एक वटा, ललितपुर र भक्तपुको एक-एक वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् । केही बेरपछि मात्रै क्षतिको विवरण आउने छ ।’