काठमाडौं – राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।
अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन् । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ ।
नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिनुभएको छ । उहाँ पनि भोट माग्न व्यस्त देदेखिनुहुन्छ ।











प्रतिक्रिया