ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले आफ्नो काम–कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औं ललितपुर जिल्ला अधिवेशनमा आज सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भन्नुभयो । तर, कतिपय देशमा चुनावमै शिक्षकहरु खटिने गरेको आफूले पाएको उहाँले स्मरण गर्नुभयो ।
‘१९०२ मा अमेरिकामा क्लिन्नटन पहिलोपल्ट उम्मेदवार हुँदा चुनावको अब्जरभेसनका लागि म गएको थिएँ । मैले त्यहाँ देखेँ चुनावी कार्यालयमा चुनाव हाक्ने चुनावका व्यवस्थापकीय काम गर्ने विभिन्न पोस्टर, प्ले कार्डहरु बनाउने आदि कहाँ के भइरहको छ सबै गर्ने शिक्षकहरु कोही रिपब्लिदकनका कोही डेमोक्रेटिक । सबैभन्दा बढी खट्ने शिक्षकहरु नै थिए’ ओलीले भन्नुभयो । शिक्षक भएर चुनावमा खट्न मिल्छ र ? भनेर सोध्दा- ‘यो मेरो खुसीको कुरा हो, भोलियन्टिरी यो काम गरिहेको छु’ भनेर जवाफ फर्काएको उहाँले सुनाउनुभयो ।

एमाले अध्यक्ष ओली भन्नुहुन्छ, हाम्रोमा चुनावमा खटाइन्छ । तर, त्यस हिसावले काम गर्न चाहिं राजनीतिक रुपमा दिइँदैन ।’ यसैसन्दर्भमा, अध्यक्ष ओलीले शिक्षकको समस्याहरु आफूलाई निकै बोध रहेको पनि बताउनुभयो । २०२६-०२७ सालतिर आफू प्राविको शिक्षक भएको र जेल बस्दा पनि किताबै नभएकाहरुलाई समेत पढाएको बताउनुभयो ।
‘जेलमा बस्दा पुस्तक नभएकालाई पढाएर पास गराउने काम गरेँ । बिना पुस्तक पढाउने र पास गराउनुपर्ने धेरै कठिन थियो’ अध्यक्ष ओली भन्नुहुन्छ, ‘समाजसास्त्र त्यस्ता विषयहरु थिए, जे मैले भन्थेँ त्यहि लेख्दा पनि पास भइहाल्थ्यो । केही साथीहरु राम्रै ढङ्गले अगाडि बढनुभएको छ । त्यो मौक पनि मैले पाएँ ।’





प्रतिक्रिया