अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाक्लो हुस्सुका कारण त्रिभूवन विमानस्थल बिहानै देखि बन्द

बाक्लो हुस्सुका कारण त्रिभूवन विमानस्थल बिहानै देखि बन्द


काठमाडौं -बाक्लो हुस्सु लागेका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानै देखि बन्द भएको छ ।
बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । बास्तोलका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् ।
विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमान स्थलमा अलपत्र परेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आज विशानै बुलेटिन जारी गरेर तीनदिनसम्म जवाद नामको नामको चक्रपातले तीनदिनसम्म मौसम खराब हुने जानकारी गराएको थियो ।