काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी, केन्द्रीय सदस्यलगायत पदमा शनिबार बिहान मतदान हुने भएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्यमा दुई समूह प्यानल बनाएर खडा भएपछि चुनाव हुन लागेको हो ।
निर्वाचन समितिका अनुसार, बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था छ ।
यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।
देशभरबाट छनौट भई आएका चार हजार ७०० प्रतिनिधिले मत दिएर नेतृत्व छनोट गर्नेछन् ।
करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।





प्रतिक्रिया