अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिहान ८ बजे तय भएको राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्रोशित

बिहान ८ बजे तय भएको राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्रोशित


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान साढे १० बज्दा पनि सुरु भएको छैन ।

निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताउनुभयो । तर, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन् ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उनीहरु मत माग्न व्यस्त छन् ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

सदस्यमा १४१ मध्ये २६४ जनाको उम्मेदवारी परेको उहाँले बताउनुभयो । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताउनुभयो ।