अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न


भक्तपुर – भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण गरेको छ । स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण गरेको हो ।

पालिकाले बिहीबार खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मौलिक शैली एवं परम्परागत शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँ उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सहयोगमा निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको प्रशंसा गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने र स्थानीयको अपनत्व रहने बताउनुभयो । खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायक द्वार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणमा ४९ लाख ९५ हजार ९७४ रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको बताउनुभयो ।