काठमाडौं – विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।
शनिवार जारी घोषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ । यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् ।
एकिकरण घोषणाको दस्तावेजमा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकसन फोमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथीलगायत हस्ताक्षर तथा सम्बोधन गर्नुभएको थियो ।
सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना थपिने सहमति भएको छ।
यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहनेछ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय बनेको छ।
पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।





प्रतिक्रिया