अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर थप २३८ जनामा सङ्क्रमण पुष्टि, ५ को मृत्यु

देशभर थप २३८ जनामा सङ्क्रमण पुष्टि, ५ को मृत्यु


काठमाडौं – देशभर थप २३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।