चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे जे निर्णय हुन्छ सहमति मै हुने स्पष्ट बताउनुभएको छ ।
प्रेस सेन्टरको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने बताउनुभयो ।
महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै प्रचण्डले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान गर्नुभयो ।
प्रचण्डले भन्नुभयो– एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन ।
अध्यक्ष प्रचण्डले बन्दुक छोडेर कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको बताउनु भयो ।
उहाँले भन्नुभयो हिजो क्रान्तिमा बन्दुक प्रमुख हुन्थ्यो, अहिले कलम प्रमुख भएको छ । गत बर्ष पनि संविधान उल्टाउने प्रयास भयो । अहिले पनि प्रतिक्रियावादी चलखेल गरि रहेका छन् । त्यही भएर सञ्चारकर्मीहरु चनाखो बन्नुपर्ने समय आएको छ ।





प्रतिक्रिया