अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकारमा जान एक वर्ष पनि पर्खनु पर्दैन : अध्यक्ष ओली

एमाले सरकारमा जान एक वर्ष पनि पर्खनु पर्दैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताउनुभएको छ । ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि एमालेले सरकार बनाउने उहाँको दाबी छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले एमालेको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने बताए । सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको बताउनुभयो ।

‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन– अब कसैको सरकार बन्छ देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो, ओलीले भन्नुभएको छ । ।

हिजो आफूले केही काम गर्नका लागि नटबोल्ट जोडेको भन्दै उनले केही नटबोल्ट खुस्केर गएको टिप्पणी गर्नुभएको छ । ।मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिएँ । कसले कसले खुस्काई दियो । खुस्केका खुट्टा गए, ओलीले  भन्नुभएको छ  मेहनत गरेर जोडियो ।