जनकपुरधाम – धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत दोस्रो दिन शनिबार फूलबारी लीला मनाइएको छ ।
फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी मनाइने महोत्सवको पहिलो दिन शुक्रबार नगरदर्शन सम्पन्न भएको थियो ।
त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।
सोही अनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारी लीलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका छोटा महन्त रोशन दासले बताउनुभयो ।
२३ मंसिर सम्म चल्ने विवाहपञ्चमी महोत्सवमा अन्तर्गत तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ औ दिन मटकोर, छटौं दिन स्वयंवर र विवाह सातौँ दिन रामकलेवा हुने छ ।
प्रतिक्रिया