विराटनगर – नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताउनुभएको छ ।
अमेरिकामा मंसीर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उहाँले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गर्नुभयो ।
विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास गर्न हुँदैन् । तर सरकार टिकाउन पास गर्न खोजिँदैछ ।’
एमसीसी पासको विषयमा अमेरिकामा छलफल भइरहेको भन्नुहुँदै उहाँले संसद बैठक बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसीलाई जबरजस्ती पास गराउने तयारी गरिरहेको बताउनुभयो ।





प्रतिक्रिया