काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् ।
महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहनुभएकी रेखा थापालाई पराजित गर्दै शाही महामन्त्री निर्वाचित हुनुभएको हो ।
आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गर्नुभयो । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी हुनुहुन्थ्यो भने थापा राजेन्द्र लिङ्देनको समूहबाट लड्नुभएको थियो ।
अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित हुनुभयो ।





प्रतिक्रिया