अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दरबारमार्गबाट स्रोत नखुलेको साढे ६९ लाखसहित एक जना पक्राउ

दरबारमार्गबाट स्रोत नखुलेको साढे ६९ लाखसहित एक जना पक्राउ


काठमाडौं – काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१ दरवारमार्गस्थित बिइङ ह्‍युमान कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट खनाललाई पक्राउ गरेको हो ।

खनालको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १०० वटा ४९ बण्डल गरी ४९ लाख बरामद गरेको छ । त्यस्तै नेपाली रुपैयाँ ५०० दरको १०० वटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ ।

पक्राउ परेका खनाललाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।