काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी जवानलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।
त्रिभुवन विमानस्थलमा सुन आयातमा कडाइ गरेपछि प्रहरी जवान केसीले सुन पास गराउन सहयोगी भूमिका खेलेको भन्दै पक्राउ गरिएको हो ।
शनिबार पक्राउ परेका केसीलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया