बुटवल – रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता) सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जीप बुटवलमा चेकजाँच गर्दा २५ कार्टुन अर्थात ७५० जोर जुत्ता फेला पारेको हो । बरामद सामानको मूल्य करीब १८ लाख रहेको र चालक, जीपसहित बरामद सामानलाई आवश्यक कारबाहीका लागि बेलहिया भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया