काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपतिशम्शेर राणाले निर्वाचन परिणम सवैले स्वीकार गर्नुपर्ने बताउनुभयो । निर्वाचनबाट आएको परिणाम आफूलाई स्वीकार्य रहेको बताउनुभएको हो । उहाँले अरू नेतालाई पनि परिणाम स्वीकार्न सुझाव दिनुभयो ।
पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताउनुभएको हो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन प्रतिनिधिको निर्णय आफूहरूलाई शिरोधार्य रहेको बताउनुभयो ।
नयाँ नेतृत्वले देश र जनताको हितमा काम गर्न सकोस् भन्दै उहाँले शुभकामना पनि दिनुभयो । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको महाधिवेशनले चयन गरेको पदाधिकारी र सदस्यले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने काम गर्न सक्नुपर्ने जबराको भनाइ छ । यसका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो ।





प्रतिक्रिया