अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ : कमल थापा

अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ : कमल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताउनुभएको छ ।

हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले अहिले यी मान्यतामाथि मनभित्र प्रश्न उठेको संकेत गर्नुभएको हो । थापाले आज बिहान राप्रपा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका कारण आफू पराजित हुन पुगेको उल्लेख गर्नुभएको थियो ।

दिउँसो फेरि उहाँले राजसंस्था र हिन्दु राष्ट्रको आफ्नो मान्यतामाथि अन्तर्मनभित्र गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका हुन् । यसमा उहाँले राजेन्द्र थापाको कविता पनि उल्लेख गर्नुभएको छ । जसमा मन फाटेपछि कसरी सिलाउने भनेर प्रश्न गरिएको छ ।

‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो,’ थापाले कविता उल्लेख गर्दै भन्नुभएको छ :

पोहोर साल खुशी फाट्दा

जतन गरी मनले टाले

त्यहि साल माया फाट्यो

त्यसलाई पनि मनले टाले

यसपाली त मनै फाट्यो

केले सिउने केले टाल्ने हो ?’