अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले मतदाता संकलनमा सहयोग गर्न सबै कमिटीहरूलाई सर्कुलर

एमालेले मतदाता संकलनमा सहयोग गर्न सबै कमिटीहरूलाई सर्कुलर


काठमाडौं – नेकपा एमालेले मतदाता नामावली संकलनमा सहयोग गर्न सबै कमिटीहरूलाई सर्कुलर गरेको छ। पार्टी महासचिव शङ्कर पोख्रेलले मताधिकारको लागि सबैलाई मतदाता नामावली र आवेदन फारम भर्न आग्रह गर्नुभएको हो ।

मतदाता नामावली संकलन र अद्यावधिक गर्न-गराउन निर्देशन जारी गरिएको छ । निर्देशनमा आगामी १० दिनसम्म हुने मतदाता नामावली संकलन अभियानमा सहभागी हुन भनिएको छ ।

१८ वर्ष पूरा भएका सबै नागरिकहरूलाई मतदाता नामावली संकलनमा सहयोग गर्न समेत सर्कुलरमा उल्लेख गरिएको छ । मृत्यु भएका, बसाइँ सराइ भएका वा अन्य हिसाबले अयोग्य रहेकाहरूको नामावली हटाउन प्रक्रियागत रूपमा अघि बढ्न भनिएको छ ।

मतदान गर्ने उमेर पुगेका तर, नाम छुटेकाहरूको आफू रहेकै स्थानमा नामावली फारम भर्न समन्वय गर्न भनी उल्लेख गरिएको छ ।