अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ मा एक दिन र जनकपुरधाम उपमहानगरपालिकामा तीन दिन सार्वजनिक बिदा

प्रदेश २ मा एक दिन र जनकपुरधाम उपमहानगरपालिकामा तीन दिन सार्वजनिक बिदा


जनकपुरधाम – प्रदेश २ सरकारले रामजानकी विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ । संघीय सरकारले दिने सार्वजनिक बिदा बाहेक प्रदेश सरकारले दिने अतिरिक्त सार्वजनिक बिदाअन्तर्गत बुधवार सार्वजनिक बिदा दिइएको हो ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महोत्सवमा हुने भिडभाडलाई मध्यनजर गर्दै नगरभित्र रहेका सम्पूर्ण सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई २१ देखि २३ मंसिरसम्म बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, महोत्सव अन्तर्गत आइतबार तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । पौराणिक कालमा भगवान् राम र सीताको विवाह पूर्व भागवानले सर्त अनुसार  पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ । त्यसलाई धनुष यज्ञ भनिन्छ ।

जानकी मन्दिरकै परिसरमा आइतबार राति धनुष यज्ञ बनाइएको छ । विवाहपञ्चमीको पहिलो दिन शुक्रबार नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ ।