अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापासँग गुरुराज घिमिरे दुई मतले पराजित

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापासँग गुरुराज घिमिरे दुई मतले पराजित


विराटनगर‒ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित हुनुभएको छ । संस्थापन (देउवा‒सिटौला) समूहका थापाले संस्थापन इतर (पौडेल‒कोइराला) समूहका नेता गुरुराज घिमिरेलाई २ मत अन्तरले पराजित गरेका छन् ।

सोमबार बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याउनुभयो ।

सभापति सहित नौ जना प्रदेश पदाधिकारीमा दुई जना संस्थापन इतर समूहका छन्। महामन्त्री उमेश थापा र सहमहामन्त्री रोहितकुमार साहबाहेक संस्थापन‒सिटौला समूहकै नेताहरू निर्वाचित भएका छन्।