बुटवल- नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्।
बागमती प्रदेशको आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बानियाँले जगदीश नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।
बानियाँ सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुने भने केसी संस्थापन इतर समूहका उम्मेदवार हुन्।
आइतबार अबेर सम्पन्न मतगणनामा बानियाँ १०८५ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे। कूल २०२५ मत खसेकोमा १५८ मतअन्तर सहित बानियाँ सभापतिमा निर्वाचित भएका हुन्।
बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साँझ साढे पाँच बजे सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरेर ७ बजेदेखि मतगणना सुरु गरिएको थियो।
यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहका अमरसिंह पुन विजयी भएका छन्।
सोमबार बिहान सम्पन्न भएको मतगणनामा पुनले ८५२ मत ल्याएर संस्थापन (शेरबहादुर देउवा) समूहका भरत कुमार शाहलाई पराजित गरेका हुन्। शाहले ७ सय ६७ मत ल्याएका छन्।
निर्वाचन समितिका अनुसार उपसभापतिमा भने संस्थापन इतर समूहका अष्टभुजा पाठक पराजित भएका छन्। उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ ८४७ मत सहित निर्वाचित भएका छन्।
त्यसैगरि संस्थापन पक्षका राजु खनाल ७९२ मत सहित विजयी भएका छन्। पदाधिकारीमा संस्थापन इतरको समूह विजयी भएको छ।





प्रतिक्रिया