तनहुँ– तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ थप्रेकमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार राति बाघको सिकार गर्ने क्रममा गोली चलेको अनुमान गरिएको छ ।
थप्रेक वडा न। १ का १७ वर्षीय सुमित मल्लको घटना स्थलमा नै मृत्यृ भएको छ । सँगै गएका अर्का सुनबहादुर गुरुङलाई भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अरु थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया