अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा अध्यक्ष लिङ्देनद्वारा पदभार ग्रहण

राप्रपा अध्यक्ष लिङ्देनद्वारा पदभार ग्रहण


काठमाडौं – राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गर्नुभएको छ  ।

पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले सोमबार पार्टी कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिनुभएका लिङ्देनले सोमबार पदभार ग्रहण गर्नुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा उहाँले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताउनुभयो ।

लिङ्देनको विजयीमा पूर्वराजा ज्ञानेन्द्र शाहको षड्यन्त्र रहेको सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थापा आयोजित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएन ।