अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ भेरियन्ट ‌ओमिक्रोन संक्रमितको सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ

नयाँ भेरियन्ट ‌ओमिक्रोन संक्रमितको सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ


काठमाडौं – नेपालमा पहिलो पटक दुई जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‌ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।

संक्रमित व्यक्ति दुवै विदेशी नागरिक हुन् । जसमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेका छन् । ६६ वर्षीया विदेशी नागरिक गत मंसीर ३ गते अफ्रिकी मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षणमा कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नुपर्ने सरकारको रणनीतिअनुसार परीक्षण गर्दा दुवैजनाको नमूनामा एस–जिन फेला परेको थिएन । लगत्तै एस–जिन फेला नपरेपछि उक्त दुवै नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वइन्सिङ गर्दा १९ मंसीर २०७८ मा राति कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो । उनीहरुको सम्पर्कमा आएका ६६ जनाको पीसीआर परीक्षणका क्रममा सबैको नतिजा नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।