अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा जीप दुर्घटना, नव विवाहित जोडीको मृत्यु

बैतडीमा जीप दुर्घटना, नव विवाहित जोडीको मृत्यु


बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा दुई  जना (नव विवाहित जोडी)को मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा केही समय अघि मात्रै बिहे गरेका नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा र २० वर्षीय मनीषा बिक रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते ६ जनाको परिचय खुल्न बाँकी रहेको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले बताउनुभयो । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउन लागेको उहाँले बताउनुभयो ।

दुर्घटना साँझ साढे ५ बजेतिर भएको बताइएको छ । जीप ग्रामीण कच्ची सडकमा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।