अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकाशमानले खोले सम्पर्क कार्यालय, मंगलबारदेखि कार्यकर्ता भेट्ने

प्रकाशमानले खोले सम्पर्क कार्यालय, मंगलबारदेखि कार्यकर्ता भेट्ने


काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् ।

महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मुल गेट अगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन् ।

कार्यालयबाट प्रकाशमानले मंगलबार विहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन् । प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ ।