काठमाडौं– नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटी सह(संयोजक एवं संविधानसभा सदस्य भूपेन्द्र थेवेलाई हृदयघात भएको छ ।
सोमबार साँझ ५:३० बजे ह्रदयघात भएपछि थेवेलाई थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो । मंगलबार बिहान उहाँको अपरेसन सफल भएको छ ।
एमाले सचिव योगेश भट्टराईलगायतले थेवेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।





प्रतिक्रिया