अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा

कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा


सुर्खेत – कर्णाली करिडोर अन्र्तगतको कणाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो ।

निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो । २०६६ सालमा हाल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ सालमा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए ।

दुई पटक शिलान्यास भएको पुल निर्माण ढिलाई भएका कारणले लामो समयपछि सञ्चालनमा आएको छ । ठेक्का भएको तीन वर्षमा नै काम सम्पन्न गर्ने गरी २०६६ सालमा  कन्काइ जेभीले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीले २०६९ सम्म पनि काम गर्न नसकेपछिसडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो ।

सुरूको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाई हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो

कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको थियो ।

कर्णाली करिडोरमा पुल सञ्चालन आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालीकोटमा यातायातका साधन सहजै सञ्चालनमा आउने कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन् ।’ उनले भने, ‘यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ ।’