अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन अध्यक्ष ओलीलाई बारको मागपत्र

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन अध्यक्ष ओलीलाई बारको मागपत्र


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ ।

बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाएको थियो । जबराको राजीनामा माग्दै निरन्तर बार आन्दोलनमा रहेको छ ।