जनकपुरधाम – प्रदेश-२ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका-२ निवासी वैधनाथ महतो विश्वविद्यालयको उपकुलपति नियुक्त गरिएको हो । उपकुलपतिमा नियुक्त महतो प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य हुन् ।
समाजिक विकासमन्त्री नवल किशोर साहको सिफारिसमा मुख्यमन्त्री लालबाबु राउतले उहाँलाई नियुक्त गरेका हुन् ।
उपकुलपति नियुक्त भए पनि प्रदेश २ मा कृषि विश्वविद्यालय स्थापना भने हुन सकेको छैन । यसको स्थापनाका लागि प्रदेश २ सरकारले केही दिनअघि सिफारिस गरेको अध्यादेश प्रदेश प्रमुखले जारी गरेका थिए ।







प्रतिक्रिया