अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ


महेन्द्रनगर – डडेल्धुराको परशुराम नगरपालिका–३ को वडा सदस्य राजमति ऐरमाथि दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ पक्राउ परेका छन् । शेरसिंहलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले पक्राउ गरेको हो ।

ऐरले दिएको उजुरीको आधारमा शेरसिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार गालीगलौज तथा दुर्व्यवहार गरेको भन्दै शेरसिंहबिरुद्ध उजुरी परेको छ ।

वडा सदस्य ऐरले दिएको उजुरीमा रंगुन खोला नजिक आफू सवार मोटरसाइकल रोकेर डाइमण्डले हातपात तथा गालीगलौज गरेको उल्लेख गरेको छ । डायमण्डले वडा सदस्य ऐरमाथि मंसीर १० गते दुर्व्यवहार गरेका थिए ।