काठमाडौं – नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णयलाई गैरकानूनी ठहर गर्दै सर्वोच्च अदालतले पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो ।
भण्डारीका पक्षमा अधिवक्ता रुद्र पोखरेल लगायतले बहस गरेका थिए । सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।





प्रतिक्रिया