काठमाडौं – कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताउनुभएको छ । उहाँले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताउनुभएको हो ।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि उहाँले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताउनुभयो ।
रामचन्द्र पौडेलले एक पटकका लागि आफूलाई छोडिदिन आग्रह गर्नुभएकोले आफू छोड्न तयार भएको उहाँले बताउनुभयो । उहाँले अरुका नाममा सहमति भयो भने पनि उहाँहरू पनि छोड्न तयार हुनुपर्ने बताउनुभयो ।
कांग्रेस सभापतिका लागि सो समूहबाट पौडेलसहित डा. शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दाबी छ । साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् । अहिले चाक्सीबारीमा कार्यकर्ताहरु साझा उम्मेदवारको नाम पर्खिरहेका छन् ।
आज नेताहरुको छलफल सकिएको छ । अर्को बैठक भोली बिहान ९ बजे बस्ने भएको छ ।





प्रतिक्रिया