अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखापछि धादिङ काँग्रेसका पूर्वसापति जुवाखालबाट पक्राउ

दोलखापछि धादिङ काँग्रेसका पूर्वसापति जुवाखालबाट पक्राउ


धादिङ -नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका निवर्तमान सभापति रमेश धमला जुवाखालबाट समातिएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले १६ लाख रुपैयाँ नगदसहित स्वयम्भूमा जुवा खेलिरहेको अवस्थामा धमलालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
स्वयम्भूको जुवाखालबाट धमलासहित १६ जना पक्राउ परेका छन्। प्रहरीले धमलासहितका जुवाडेलाई बरामद भएको रकमसहित नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धमला, बागे लामा, सुवास बडुवाल, राजु नगरकोटी, दिवश भुजेल, सुनिता राई, प्रेमध्वज खड्का, राज मोक्तान, आशमान स्याङ्तान, दावा लामा, शम्भु लामा

नवीन भुजेल धुन्चे लामा, किरण भुजेल आशिष गिरी र मिसिङ खपाली रहेका छन्

धमला मंसिर २४ देखि काठमाडौंमा हुने १४ औँ महाधिवेशनका प्रतिनिधि पनि हुन्।

यसअघि गत कात्तिक १९ गते काठमाडौंको बौद्ध जोरपाटीस्थित जुवाखालबाटै कांग्रेसको दोलखा जिल्ला सभापति बर्मा लामा पनि समातिएका थिए।

उनी केही साता प्रहरी हिरासत र अस्पतालको बासपछि धरौटीमा रिहा भएर जिल्ला फर्किसकेका छन्।