अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन

१७ पटक चुनाव हुँदा प्रधानमन्त्री नभएका रामचन्द्र पौडेललाई राष्ट्रपतिको आश्वासन

१७ पटक चुनाव हुँदा प्रधानमन्त्री नभएका रामचन्द्र पौडेललाई राष्ट्रपतिको आश्वासन


काठमाडौं– १७ पटक चुनाव हुँदा प्रधानमन्त्री नभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको आश्वासन मिलेको छ ।

१४ औं महाधिवेशनमा संस्थापनइतर समूहको बैठकले पौडेललाई राष्ट्रपतिको आश्वासन दिएको सम्बद्ध स्रोतले जनाएको छ । महामन्त्री शशांक कोइरालाले भने नेतृत्वका लागि ‘ससर्त’ दाबी छाड्नुभएको छ ।

शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नभएसम्म पौडेल मिलनबिन्दु बन्ने सम्भावना पनि उत्तिकै बलियो छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सिनियर भएको दाबी गर्दै सभापतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँको भनाइ छ, ‘विषय अब शेखरदा र ममध्ये को हुने भन्ने ठाउँमा आइपुगेको छ । मैले शेखरदालाई उमेरमा तपाईं सिनियर हो, राजनीतिले होइन भनेको छु । पार्टीको मुख्य जिम्मेवारीमा बसेर अनुभव नलिएकाले कसरी पार्टी चलाउनु हुन्छ रु म गिरिजाप्रसाद कोइराला सभापति हुँदा पनि उपसभापति भएँ, सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भएँ।’

मुख्य पदहरूमा ‘पावर सेयरिङ’ गर्न प्रस्ताव गर्दै सिंहले भन्नुभयो, ‘शेखरलाई तपाईं प्रधानमन्त्री बन्नुहोस्, पार्टी सभापति भएपछि म प्रधानमन्त्री बन्दिनँ भन्दै आएको छु । अहिले पनि कुरा त्यसैमा छ । रामचन्द्र राष्ट्रपति बन्नुहुन्छ ।’