काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनौट भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् । कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ ।
सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन । विवादित जिल्ला र अन्य केही जिल्लाको प्रतिनिधिको नाम समावेश गर्दा झण्डै ४४ सयको हाराहारीमा पुग्ने कांग्रेसले जनाएको छ ।





प्रतिक्रिया