काठमाडौं– एमाले निकट राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजु श्रेष्ठको हत्या भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट निवासी श्रेष्ठको शव गएराति गठ्ठाघर हुँदै बालकोट जाने फलामे पुल नजिकै भेटिएको छ ।
एमाले केन्द्रीय सदस्य तथा भक्तपुर २ का सांसद महेश बस्नेतले घटनाको सत्य तथ्य पत्ता लगाएर अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।






प्रतिक्रिया