नयाँ दिल्ली – भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण अागामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले अागामी फेब्रुवरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।
भारत सामान्य अवस्थामा फर्किरहेका बेला अोमिक्रोनका बिरामी देखिनु ठूलो धक्का हो । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्रो लहरको जोखिममा पर्ने अग्रवालको भनाइ छ ।
ओमिक्रोन भेरयन्ट डेल्टाजस्तो खतरा नभएको पनि उनले बताए । ओमिक्रोन चाँडै सर्ने भए पनि जोखिम भने कम भएको उनको भनाइ छ ।
त्यस्तै,भारतीय मेडिकल एसोसियसन आईएमएले नयाँ भेरियन्टसँगै भारतमा तेस्रो लहर आउने चेतावनी दिएको छ । तर, दोस्रो लहर जस्तो तेस्रो लहर घातक नहुने आईएमएले जनाएको छ ।
भारतमा २१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । राजस्थानमा नौ, महाराष्ट्रमा अाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दक्षिण कोरियाबाट अाएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो ।
अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्रोन देखिएको छ ।
प्रतिक्रिया