पोखरा- नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले पोखराको मणिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएपछि कलेज अगाडि आन्दोलन गरिरहेको छ ।
प्रदर्शनको क्रममा अखिल नेताहरूले अन्यायमा परेका विद्यार्थीहरुलाई चुप लागेर बस्ने दिन गए भन्दै अब क्याम्पस प्रशासनलाई दबाब दिन आह्वान गरेका छन् । अखिलले मंसिर २० गतेबाट कलेजमा तालाबन्दीसमेत गरेको छ ।
अध्ययन गर्न आएका विद्यार्थीलाई शुल्कबारे केही पनि बोल्न कलेजले चेतावनी दिइरहेकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ ।
मणिपाल कलेजले विद्यार्थीलाई ज्यादती गरेकोले त्यसको विरुद्धमा सहयोग गर्न अनेरास्ववियुले आग्रह गरेको छ। अनेरास्ववियुले संयुक्त विद्यार्थी संगठनको तर्फबाट मणिपालमा भएको मनोमानीबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।
विद्यार्थीहरुलाई बाधा र समस्या पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन संघर्ष गरिएको नेरास्ववियुले जनाएको छ ।







प्रतिक्रिया