काठमाडौं – भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ-१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शव जलेको अवस्थामा फेला पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा रावतको स्थितिबारे औपचारिक जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गर्दैछ । तर, संचारमाध्यमले चाहिं रावत गम्भीर रुपमा घाइते भएको विवरण प्रेषित गरेका छन् ।
हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उहाँकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।
समाचार एजेन्सी एनीका अनुसार उक्त हेलिकोप्टर वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो । दिउँसो १२ बजेर २० मिनेटमा हेलिकोप्टर क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।





प्रतिक्रिया