अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल १५ वर्ष पार्टीको प्रमुख भएर पनि पार्टी फुटाए : भीम रावल

माधव नेपाल १५ वर्ष पार्टीको प्रमुख भएर पनि पार्टी फुटाए : भीम रावल


अछाम – नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले गृह जिल्ला अछाम पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्नुभएको छ । उहाँले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर माधव नेपालले पार्टी फुटाएको आरोप लगाउनुभयो ।
एमालेका पूर्वउपाध्यक्ष समेत रहेका रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने बताउनुभयो । उहाँले माधव नेपालले १५ वर्ष पार्टीको प्रमुख भएर पनि निहुँ खोजेर पार्टी फुटाएको दाबी गर्नुभयो । त्यस्तै रावलले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति पनि कटाक्ष गर्नुभयो । पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवालाई नपुगेको र कुनै पनि समयमा प्रधानमन्त्री भएर भन्न सक्ने एउटा पनि काम नगरेको बताउनुभयो ।