खोटाङ – भारतको मेघालयमा कोइला काट्ने क्रममा घाइते भएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४१ वर्षीय बलराम राईको उपचारमा आर्थिक संकट परेको छ ।
२०७६ सालमा कोइला खाद पुगेका राई गत २ मंसिरमा घाइते भएका थिए । भारतमा सामान्य उपचारपछि त्यहाँ रहेका नेपालीले चन्दा उठाएर नेपाल पठाएका थिए । उनको अहिले अपांग अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।
तर, आर्थिक अभावका कारण थप उपचार अघि बढ्न नसकेको घाइते राईले बताए । उनको कम्मरमुनिको भाग चल्दैन । दिसापिसाब भएको समेत थाहा पाउँदैनन् ।
थप उपचारमा सहयोग गर्न उनले अपील गरेका छन् । बलरामको श्रीमती सहित तीन छोरी र तीन छोरा छन् ।
प्रतिक्रिया