अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनपछि बहुप्रतिक्षित एमाले केन्द्रीय कमिटी बैठकः यी हुन् १५ कार्यसूची

महाधिवेशनपछि बहुप्रतिक्षित एमाले केन्द्रीय कमिटी बैठकः यी हुन् १५ कार्यसूची


काठमाडौं– नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ गते जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा बस्दैछ ।

शनिबार ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ ।

यसैगरी जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूची छ ।

एमाले महाधिवेशनलगत्तै पहिलो बैठक बसे पनि लामो कार्यसूचीसहितको बैठक शनिबारदेखि बस्दैछ ।