अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : महामन्त्रीमा १२ जनाको दावेदारी

कांग्रेस महाधिवेशन : महामन्त्रीमा १२ जनाको दावेदारी


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तिम चरणमा पुग्दा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । यहीं मंसिर २४ गते उद्घाटन हुने कांग्रेस महाधिवेशनले पाँच वर्षका लागि केन्द्रीय नेतृत्व छान्ने हुँदा आकांक्षीहरूले धमाधम दावेदारी घोषणा गर्न थालेका हुन् । झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्दैछ।
कांग्रेस तीन समूहमा विभाजित छन् । शेरबहादुर देउवा समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहमा विभाजित छ । विगतमा देउवासँगै रहेका विमलेन्द्र निधि पनि १४औं महाधिवेशनमा सभापतिको दाबी गरेर चुनावी प्रचार-प्रसारमा जुटेका छन् । तर, कुनैपनि समूले आ-आफ्नो प्यानल भने बनाइसकेका छैनन्। कांग्रेसको केन्द्रीय पदाधिकारीमध्ये सभापति र उपसभापति पछिको शक्तिशाली मानिने महामन्त्री पद हो । महामन्त्री पद भने रोचक भीडन्त हुने देखिएको छ ।
महाधिवेशनबाट निर्वाचित हुने दुई महामन्त्री पदका लागि अहिलेसम्म एक दर्जन नेताहरुले दावेदारी पेश गरिसकेका छन् । जसमा संस्थापन पक्षका ६ र इतर पक्षका ५ र सिटौला समूहबाट १ जनाले दाबी गरेका छन् । संस्थापन पक्षबाट बालकृष्ण खाण, विश्वप्रकाश शर्मा,डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र ज्ञानेन्द्र कार्कीले महामन्त्रीका लागि दावेदारी पेश गरिसकेका छन् । त्यस्तै संस्थापन इतर पक्षबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीका लागि दावेदारी पेश गरेका छन् । त्यसैगरी सिटौला समूहबाट भने प्रदीप पौडेलले महामन्त्रीको दावी गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै केन्द्रीय सदस्य खुल्लातर्फ ३५, प्रदेशतर्फ २१, महिला ९, समावेशी ५४ अल्पसंख्यक २ र थप ३३ जना सदस्यका लागि पनि आकांक्षीहरूले धमाधम उम्मेदवारीको घोषणा गरिरहेका छन् ।