काठमाडौं– कांग्रेस सभापतिका दाबेदार शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताउनुभएको छ । तर, प्रकाशमानका लागि भने नछाड्ने उहाँको भनाइ छ ।
बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताउनुभएको हो । शेखरको भनाइ उद्धृत गर्दै पौडेल निकट स्रोतले भन्यो, ‘तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु । प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु । उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस् ।’
संस्थापन इतर समूहका शशांक कोइराला पछि हटे पनि प्रकाशमान र शेखरको दाबी बलियो छ ।







प्रतिक्रिया