अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन  

सभापतिको साझा उम्मेदवार बनाएरै छाड्छौं : मीनेन्द्र रिजाल

सभापतिको साझा उम्मेदवार बनाएरै छाड्छौं : मीनेन्द्र रिजाल


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गर्नुभएको छ ।

बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताउनुभएको हो ।

‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ,’ उहाँले भन्नुभयो, ‘हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ ।’

कांग्रेस नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उहाँले यसका लागि आफूहरू क्रियाशील रहेको बताउनुभयो ।

‘कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छौँ । उहाँको विकल्प चाहिन्छ भन्नेमा छौँ,’ डा. रिजालले भन्नुभयो ।

कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उहाँको भनाइ छ । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरू हुँदैछ ।