अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन  

सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं  : देउवा

सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं  : देउवा


काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेख्नुभएको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकेसम्म सहमतिका नेतृत्व चयन गर्ने बताउनुभयो । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उहाँको भनाइ छ।

उहाँले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गर्नुभयो । उहाँले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै उहाँले हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताउनुभयो ।

सहमहामन्त्री महतले बीपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई पुस्तकको रुप दिएको जानकारी दिनुभयो ।