अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीसँग मञ्च शेयर गर्दै दाहाल–नेपाल

एमाले अध्यक्ष ओलीसँग मञ्च शेयर गर्दै दाहाल–नेपाल


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मञ्च शेयर गर्ने निश्चित भएको छ ।

भोलि मंसिर २४ मा सुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा एमालेका अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकै मञ्चमा देखिने निश्चितप्रायः छ ।

एमालेको महाधिवेशनमा निम्तो दिए पनि नजानुभएका दाहाल र निम्तो नपाउनुभएका नेपालबीच कांग्रेस महाधिवेशनमा भेट हुन लागेको हो ।

काङ्ग्रेसको महाधिवेशन भएकाले सभापती देउवा कार्यक्रममा स्वभाविक रहनुहुने छ ।